काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा करेक्सन आएको छ ।
मंगलबार, नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ अंक विन्दुमा आइपुगेको छ ।
आज ५ करोड २७ लाख ६४ हजार कित्ता सेयर २१ अर्ब ५१ करोड ५० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८१ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ६८ करोड ८१ लाख, शिवम् सिमेन्टको ४४ करोड ४२ लाख, अपी पावरको ४२ करोड ६९ लाख, अरुण भ्याली हाइड्रोपावरको ४२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।