नेप्सेमा मातृभूमि लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । साविकको जाल्पा र किसान लघुवित्त एक आपसमा मर्ज भएपछि मातृभूमि लघुवित्तको नाममा रहेको ६२ लाख ८३ हजार ५७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार २७८.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। सोही मूल्यलाई आधार मानेर भोलि मंगलबार कम्पनीको सेयर कारोबार खुला हुनेछ ।

नेप्सेले कम्पनीलाई कारोबारका लागि ‘एमएटीआरआई’ संकेत प्रदान गरेको छ ।

साथै, नेप्सेले मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर फुकुवा पनि गरेको छ।

साविकका जाल्पा सामूदायिक लघुवित्त र किसान लघुवित्त १ः०.८८३४ अनुपातमा एक आपसमा मर्ज भएका थिए । मर्जरको कारण रोक्का रहेको सेयर आज फुकुवा भएको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स