काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा उछाल आएको छ ।
सोमबार, नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ अंक विन्दुमा आइपुगेको छ ।
आज ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर २७ अर्ब २४ करोड २० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब २२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ९२ करोड २८ लाख, नेपाल फाइनान्सको ८४ करोड ३२ लाख, निफ्राको ७२ करोड ८७ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ५७ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।