सबैभन्दा महँगो सेयर मूल्य भएको युनिलिभरले प्रतिसेयर आम्दानी २ हजार माथि

काठमाडौं । यु्निलिभर नेपाल लिमिटेडको वित्तिय विवरण सार्वजनिक भएको छ । गत आर्थिक वर्षमा युनिलिभरले १ अर्ब ९७ करोग ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७ दशमलव ६२ प्रतिशतले बढि हो ।

कम्पनीको े प्रति सेयर आम्दानी २ हजार १ सय ४४ रुपैयाँ छ । प्रति सेयर आम्दानी अघिल्लो वर्षभन्दा १५६ रुपैयाँले वृद्धि भएको हो ।

त्यस्तै, प्रति सेयर नेटवर्थ ५५१ रुपैयाँले वृद्धि भएर ५हजार २ सय ८५ रुपैयाँ पुगेको छ। कम्पनीको रिटेन्ड अर्निङ ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको वित्तिय विवरणले देखाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स