सिटिजन्स क्यापिटलले १५.५० प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा आह्वान

काठमाडौं । सिटिजन्स क्यापिटलले गत आर्थिक वर्ष २०८०/८१ लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको साउन १८ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५.५० प्रतिशतले हुन आउने ३ करोड १० लाख रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न भदौ १७ गते काठमाडौंको ज्ञानेश्वरमा बिहान ११ बजे १८औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले भदौ ६ गते बुक क्लोज गर्नेछ । तसर्थ भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक नियुक्ति अनुमोदन र संचालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स