अन्जन श्रेष्ठ धितोपत्र बोर्डको संचालक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अन्जन श्रेष्ठ पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।

श्रेष्ठ महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा नियुक्त भएका हुन् ।
यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि बोर्डबाट हटेका थिए ।

ढकालको ठाँउमा महासंघले श्रेष्ठलाई पठाएको छ । सदस्य श्रेष्ठ बिहीबारको बोर्ड बैठकमा सहभागी भएका छन् ।
नवनियुक्त सञ्चालक श्रेष्ठले कार्त्तिक २५ गतेदेखि औपचारिक रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् । सो दिनको बोर्डको सञ्चालक समितिको बैठकमा सहाभागी जनाउँदै श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स