नेशनल लाइफ इन्स्योरेन्ससहित दुई कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्ससहित दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधबारको अन्तिमा कारोबार मूल्य ७३४ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ७०५.७७ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, सूर्योदय वोमी लघुवित्तको १४.००५१४३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बुधाबरको अन्तिम कारोबार मूल्य ११५५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ। समायोजन पश्चात कम्पनीको मूल्य १०१३.११ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि बिहीबार समायोजित मूल्यलाई आधार मानेर यी दुई कम्पनीको कारोबार खुल्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स