काठमाडौं । मंगलबार, नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ अंक विन्दुमा आइपुगेको छ ।
आज ५ करोड ३८ लाख ४४ हजार कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, थ्री स्टार हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
कुथेली बुखेरी स्मल हाइड्रोपावरको ९.९७%, लक्ष्मी भ्यालु फण्ड–२ को ३.९४%, मेगा म्यूचल फण्डको ३.८१%, रुरु जलविद्युतको ३.१६%,बीओके जलविद्युतको २.०४%, प्रभु बैंक डिबेन्चरको २%, मुक्तिनाथ डिबेन्चरको १.९२%, मैलुङ खोला जलविद्युतको १.६८%, सगरमाथा जलविद्युतको १.४३ प्रतिशतले सेयर मूल्य बढेको छ ।