साढे २३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा पहिरो गएको छ ।

मंगलबार, नेप्से परिसूचक १४५.०५ अंकले घटेर २६५१.३२ अंक विन्दुमा आइपुगेको छ ।

आज ५ करोड ३८ लाख ४४ हजार कित्ता सेयर २३ अर्ब ७१ करोड ६७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ४८ करोड ३६ लाख, सीईडीबी हाइड्रोपावरको ४३ करोड १८ लाख, सानिमा माई हाइड्रोपावरको ४२ करोड २३ लाख, शिवम् सिमेन्टको ४१ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स