भिजन ईनर्जी एण्ड पावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । भिजन ईनर्जी एण्ड पावरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्तावसहित साधारणसभा अह्वान गरेको छ ।

कम्पनीले सभा भदौ १४ गते भुर्चुअल विधि जुममार्फत् अपरान्ह ३ बजेदेखि शुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र वित्तीय विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको निर्वाचन गर्ने साधारण प्रस्ताव पेश हुने छ ।

सभाले कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने तथा आईपीओ निष्काशनको लागि लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले रामेछापको नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी उमाकुण्ड गापा १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स