यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा करेक्सन देखिएको छ ।

बिहीबार, नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज ५ करोड १३ लाख २१ हजार कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५९ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ४३ करोड ८१ लाख, सीईडीबी हाइड्रोपावरको ४२ करोड ५६ लाख, नेपाल फाइनान्सको ४१ करोड ६७ लाख, निफ्राको ४१ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स