बजार घट्दा पनि सेयर मूल्य बढाउने कम्पनी यस्ता छन्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तिहार पछिको पहिलो तीन कारोबारमा लगातार घटी रहेको छ । बिहीबार नेप्से ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा स्थिर रहेको छ ।

आज २२५ कम्पनीको सेयर ७३ हजार ३२८ पटक कारोबार भएको छ । ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५३९ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १६ कम्पनीको सेयर मूल्यमा बृद्धि भएको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ ।

मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज १० प्रतिशतले बढेकोे छ । मंगलबार संस्थाको सेयर प्रति कित्ता ८४४.३० रुपैयाँमा कारोवार भएको थियो । आज बिहीबार ९२८.७० रुपैयाँमा भएकोे थियो । कम्पनीको सेयर मूल्य प्रति कित्ता ८४.४० रुपैयाँले बढेको छ ।

तेह्रथुम पावर कम्पनीको सेयर मूल्य आज बिहीबार ९.९९ प्रतिशतले बढेको छ । आज कम्पनीको सेयर प्रति कित्ता ३९९.५० रुपैयाँमा कारोबार भएकोमा मंगलबार ३६३.२० रुपैयाँमा खरिद बिक्रीभएको थियो ।

सहास ऊर्जा कम्पनीको सेयर मूल्य बिहीबार ७.६४ प्रतिशतले बढेको छ । अस्ति प्रति कित्ता सेयरको मूल्य ७१७.७० रुपैयाँमा कारोवार भएको थियो । आज ७७२.५० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ५४.८० रुपैयाँले बढेको छ ।

गुडविल फाईनान्सको सेयर मूल्य आज प्रति कित्ता ८२० रुपैयाँमा कारोवार भएको छ भने गएको मंगलबार ७८९ रुपैयाँमा भएको थियो । त्यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्थाको आज प्रति कित्ता सेयर मूल्यमा ४७ रुपैयाँले बृद्धि भई १४१२ रुपैयाँमा खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स