बैंकले १२ दिनमा २७ अर्ब कर्जा बढाए, निक्षेप भने ११ अर्बले घट्यो

काठमाडौं । बैंकहरूले १२ दिनमा २७ अर्ब कर्जा प्रवाह गरेका छन् । देशमा सञ्चालित वाणिज्य बैंकहरूले कार्तिक ५ गतेदेखि १७ गतेसम्म सो कर्जा प्रवाह गरेका हुन् । बैंकहरूले कार्तिक ५ गतेसम्म कुल ३९ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेकामा १२ गते आईपुग्दा ४० अर्ब २५ खर्ब कर्जा प्रवाह भएको छ ।

कर्जा प्रवाह बढेपनि निक्षेप संकलन भने घटेको छ । कार्तिक ५ गतेसम्म ४२ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेकोमा कार्तिक १२ गते आइपुग्दा ११ अर्बले घटेर ४२ खर्ब ३८ अर्बमा सीमित रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स