सेबोन अध्यक्षमा एक महिला सहित ११ जनाको आवदेन, कस्ले मार्ला बाजी ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष एक महिला सहित ११ जनाले आवेदन दिएका छन् । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि गठित छनोट तथा सिफारिस समिति समक्षमा सेबोन अध्यक्ष्का लागि ११ जनाले आवेदन दिएका हुन् । समितिले कार्तिक ११ गते सूचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।

सेबोन अध्यक्षमा पहिलो पटक महिलाको आवदेन परेको हो । सेबोन अध्यक्षमा अम्बिका शर्माले आवेदन दिएकी हुन् । उनी यसअघि प्रभु बैंकको सञ्चालकमा रहेकी थिइन ।
आवेदन दिने अन्तिम दिन आज बिहिबारसम्ममा ११ जनाको आवेदन परेको हो । बोर्डका कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा.नवराज अधिकारीले पनि बोर्ड अध्यक्षको लागि आवेदन दिएका छन् । उनीहरू दुबै जनाले बोर्ड अध्यक्षको लागि आवेदन दिएका थिए ।
बोर्ड अध्यक्षमा आवेदन दिनेहरूमा नेप्से पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट रहेका छन् ।

त्यस्तै डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाई, अनिल पौडेल, र कृष्ण आचार्यले पनि आवेदन दिएका छन् । डा. श्रेष्ठले अघिल्लो पटक पनि आवेदन दिएका थिए ।

अर्थ मन्त्रालयले अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि सिफारिस समिति गठन गरेको थियो । मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन भएको छ ।

यस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ ।

बोर्डको अध्यक्ष हुनको लागि स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्ध प्रतिष्ठित व्यक्ति हुनु पर्ने ब्यबस्था ऐनले गरेको छ ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको लागि प्रक्रिया बढाएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स