काठमाडौं । आज पनि सेयर बजारमा हरियाली छाएको छ ।
बुधबार, नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० अंक विन्दुमा आइपुगेको छ ।
आज ५ करोड ९ लाख ६७ हजार कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १९१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४४ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८४ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, माउन्टेन इनर्जीको ४१ करोड ९ लाख, शिवम् सिमेन्टको ४० करोड २६ लाख, नेपाल फाइनान्सको ३८ करोड ९४ लाख, अपी पावरको ३७ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।