नेप्से ३५ अंकले बढ्दा ६ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६९६.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ३ लाख ७१ हजार कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, प्रोगेशिभ फाइनान्स, वरुण हाइड्रोपावर, सानजेन जलविद्युत, नेपाल वायरहाउजिङमा १०% र सीईडीबी हाइड्रोपावर, नेपाल फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मध्य भोटेकोशीको ९.९८%, हाथ्वे इन्भेष्टमेन्टको ९.९३%, मुक्तिनाथ कृषि कम्पनीको ९.८०%, सगरमाथा जलविद्यृतको ९.४५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स