यी हुन् आज सबैभन्दा धेरै पटक कारोबार हुने ५ कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घट्दो क्रममा देखिएको छ । तिहार पछिको पहिलो ३ कारोबारमा नेप्से घटेको छ । बिहीबार नेप्से ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा आएको छ ।

आज २२५ कम्पनीको सेयर ७३ हजार ३२८ पटक कारोबार भएको छ । ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ११ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार सहास ऊर्जा भएको छ । कम्पनी १० हजार २५५ कित्ता सेयर कारोबार भई पहिलो स्थानमा रहेको छ । उक्त कम्पनीको सेयर मूल्य ७.६४ प्रतिशतले बढ्दा प्रति सेयर मूल्य ७७२ रुपैया पचास पैसामा कारोबार भएको छ ।

नबिल बैंकको प्रति सेयर मूल्यमा २९ रुपैयाँले कमी आई एक हजार ५५० रुपैयाँमा कारोबार भएको छ । उक्त बैंकको २ हजार ६३६ कित्ता सेयर कारोबार भई दाश्रो स्थान रहको छ ।

महाँलक्ष्मी विकास बैंकको सेयर मूल्यमा ९.९९ प्रतिशतले घटी प्रति सेयरको मूल्य ७१४ रुपैयाँ रहेको छ । उक्त बैंकको २ हजार ४८४ कित्ता सेयर कारोबार भएर तेश्रो स्थानमा रहन सफल भएको छ ।

त्यसैगरी आईसीएफसी फाइनान्सको सेयर मूल्यमा ९.९९ प्रतिशतले गिरावट आउँदा प्रति सेयरको मूल्य ८६१ रुपैयाँ दश पैसा कायम रहन गएको छ । फाईनान्सको एक हजार ९६८ कित्ता सेयर कारोबार भई चौंथो स्थानमा रहेको छ ।

अपी पावर कम्पनीको प्रति कित्ता सेयर ४८९ रुपैयामा खरिदबिक्री भएको छ । उक्त कम्पनीको एक हजार १ कित्ता सेयर कारोबार भई पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स