साढे १९ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २०.६३ अंकले घटेर २६६०.९३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ७७ लाख ९० हजार कित्ता सेयर १९ अर्ब ६० करोड ९१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६१ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, कुमारी बैंकको ५५ करोड २२ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३९ करोड १८ लाख, प्रभु बैंकको ३८ करोड १४ लाख, नेपाल फाइनान्सको ३६ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स