काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घट्दो क्रममा देखिएको छ । तिहार पछिको पहिलो ३ कारोबारमा नेप्से घटेको छ । बिहीबार नेप्से ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा आएको छ ।
आज २२५ कम्पनीको सेयर ७३ हजार ३२८ पटक कारोबार भएको छ । ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ११ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबै उपसमूह घटेका छन् । लाइफ इन्स्योरेन्स ३१६.४ अंकले घटेको छ ।
मानुषी लघुवित्त र तेह्रथुप पावर कम्पनीको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ ।
आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।