करिब १६ अर्बकोे कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ ।

आइतबार, नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ३ लाख १४ हजार कित्ता सेयर १५ अर्ब ८१ करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुमारी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको ३४ करोड ८१ लाख, हिमालयन रि इन्स्योरेन्सको ३२ करोड २५ लाख, शिवम् सिमेन्टको ३२ करोड २२ लाख, हाथ्वे इन्भेष्टमेन्टको २७ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स