सेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार बन्द

काठमाडौं । सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । नेप्से ५ प्रतिशतले बढेपछि पुनः दोस्रो सर्किट ब्रेक लागेको हो ।

यसअघि बजार खेलेको १ मिनेट ३१ सेकेन्डमै नेप्से ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको थियो ।

दोस्रो सर्किटपछि बजार ४० मिनेटका लागि बन्द भएको छ ।

शुक्रबार मौद्रिक नीति मार्फत राष्ट्र बैंककोे संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने ब्यवस्था लगायतका कुराले सेयर लगानीकर्तामा उत्साह छाएको छ ।

नेप्से एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्ने प्रावधान रहेको छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्द छ । त्यसपछि जुनसुकै समयमै बजार ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुने गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स