काठमाडौं । सेयर बजारमा सर्किट ब्रेक लागेको छ । बजार खेलेको १ मिनेट ३१ सेकेन्डमै नेप्से ४ प्रतिशतले
बढेपछि सेयर बजारमा सर्किट ब्रेक लागेको हो ।
नेप्से परिसूचक ४ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको हो।
यसपछि बजार २० मिनेटका लागि बन्द भएको छ ।
शुक्रबार मौद्रिक नीति मार्फत राष्ट्र बैंककोे संस्थागत लगानीकर्तालाई लगाएको २० करोड क्याप खारेज, ब्याजदर घट्ने ब्यवस्था लगायतका कुराले सेयर लगानीकर्तामा उत्साह छाएको छ ।
नेप्से एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्ने प्रावधान रहेको छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्दछ । त्यसपछि जुनसुकै समयमै बजार ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुने गर्दछ ।