आरती पावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । आरती पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा साउन ३२ गते शुक्रबार काठमाडौको टोखास्थित पारिजात पार्टी प्यालेसमा अपरान्ह २ बजे डाकेको हो ।

सभाले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने र सोबाट प्राप्त हुने रकम उपयोग गर्ने, गत आर्थिक वर्ष २०८०र८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको सेयरपुँजीको समूहगत वर्गिकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने तथा सो अवधिको वित्तीय विवरणहरु पारित गर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स