१४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ५५ लाख ९४ हजार कित्ता सेयर १४ अर्ब १३ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३४ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ६४ लाख, शिवम् सिमेन्टको २३ करोड ७२ लाख, फस्र्ट माइक्रो फाइनान्सको २३ करोड ५९ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स