लक्ष्मी बैंकले लाभांश वितरण गर्ने, नगद र बोनस कति ?

काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

बिहीबार सञ्चालक समितिको बसेको बैठकले आगामी आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले बोनस ८ प्रतिशत र नगद करसहित ३.५ प्रतिशत दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स