काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।
बुधबार, नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ अंक विन्दुमा आइपुगेको छ ।
आज ४ करोड ७ लाख ४७ हजार कित्ता सेयर १६ अर्ब २० करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ३४ करोड २२ लाख, उपर तामाकोशी हाइड्रोपावरको २९ करोड ४७ लाख, हिमाल दोलखा हाइड्रोपावरको २३ करोड १३ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको २२ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।