सूर्योदय वोमी लघुवित्तको एफपीओमा आज अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओमा आज अन्तिम दिन ५१०.१३ गुणाबढी आवेदन परेको छ । आज साँझ ५ः१२ बजेसम्ममा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

जसमा १६ लाख ५६ हजार ८२६ जनाले २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले साउन ४ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँ बराबरको ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन गरेको हो।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल रहेको छ।

कम्पनीको एफपीओलाई क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (आइएस) बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले संस्थापक सेयरधनीको स्वामित्व ७०.३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्‍याउने उद्धेश्यले एफपीओ निष्काशन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स