करिब साढे १४ अर्बको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ९७ लाख ९० हजार कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२० वटा कम्पनीको सेयर मूल्य बढ्दा २० वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्टको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरको २४ करोड २६ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड २ लाख, साइन रेसुंगाको २१ करोड ५६ लाख, ङादी ग्रुपको २० करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स