काठमाडौं । सोमबार, नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ अंक विन्दुमा आइपुगेको छ ।
आज ३ करोड ९७ लाख ५४ हजार कित्ता सेयर १३ अर्ब ९१ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, मुक्तिनाथ कृषि कम्पनीको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
नेपाल फाइनान्सको ८.६७%, एनएमबी सुलभ फण्डको ७.९३%, छयाङदी हाइड्रोपावरको ७.९०%, बलेफी हाइड्रोपावरको ६.८६%, रिडी पावरको ६.७९%, समता घरेलु लघुवित्तको ६.५८%, पिपल्स् हाइड्रोपावरको ६.५६%, कालिका पावरको ६.५०%, सानिमा मिडल तामोरको ६.२६ प्रतिशतले सेयर मूल्य बढेको छ ।