करिब १४ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ९७ लाख ५४ हजार कित्ता सेयर १३ अर्ब ९१ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको ३४ करोड ७८ लाख, कुमारी बैंकको २८ करोड १८ लाख, सीईडीबी हाइड्रोपावरको २५ करोड ६३ लाख, हिमालयन डेष्टिलरीको २४ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स