हिमालय ऊर्जाले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा ९९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ । इच्छुक लगानीकर्ताले उक्त सेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्सले आइआरएन डबल रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ रहेको छ । ।

हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ र लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय रामेछापबाट पनि आवेदन दिन सकिन्छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले हकप्रद सेयरको लागि असार २० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १९ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स