६ वटा जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने, कुनको कति ?

काठमाडौं । ६ वटा जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा ६ वटा जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्काशन गर्नका लागि आवेदन दिएका छन् ।

आवेदन दिने कम्पनीहरुमा रिभर फल्स पावर, पिपुल्स पावर, शिवश्री हाइड्रोपावर, बाराही हाइड्रोपावर पब्लिक, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन रहेका छन् ।

जसमा रिभर फल्स पावरले ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको छ ।कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

शिवश्री हाइड्रोपावरले १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल रहेको छ ।

पिपुल्स पावरले चुक्तापूँजीको ५० प्रतिशत र बाँकी पाँच वटा कम्पनीले भने शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिन धितोपत्र बोर्डसमक्ष अनुमति मागेका हुन् ।

वाराही हाइड्रोपावर पब्लिकले २५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

दोर्दी खोला जलविद्युत् कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

त्यसैगरि, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स