काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ अंक विन्दुमा आइपुगेको छ ।
आज ३ करोड ९९ लाख ३८ हजार कित्ता सेयर १५ अर्ब ५४ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत, उपकार लघुवित्त, थ्री स्टार हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
कुमारी बैंकको ९.५३%, प्रभु बैंकको ९.५१%, रिभर फल्स्को ९.११%, मेरो माइक्रो फाइनान्सको ८.४१%, प्राइम कमर्सियल बैंकको ८.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।