साढे १५ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएर बन्द भएको छ ।

बिहीबार, नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ९९ लाख ३८ हजार कित्ता सेयर १५ अर्ब ५४ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४२ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपर तामाकोशी हाइड्रोपावरको ३८ करोड ९१ लाख, न्याङदी ग्रुप पावरको २० करोड ३२ लाख, साइन रेसुंगा डेभलपमेन्ट बैंकको २७ करोड ९१ लाख, कुमारी बैंकको २३ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स