काठमाडौं । बुधबार, नेप्से परिसूचक ५४ अंकले बढेर २३६४.६३ अंक विन्दुमा आइपुगेको छ ।
आज ३ करोड २० लाख ९५ हजार कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सेन्ट्रल फाइनान्समा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सिंगटी हाइड्रो इनर्जीको ९.९७%, आँखु खोला जलविद्युतको ९.९५%, मन्दाकिनी हाइड्रोपावरको ९.९०%, सीईडीबी हाइड्रोृपावरको ९.८७%, आरम्भ चौतारीको ९.७८%, मल्टीपर्पेस फाइनान्सको ८.९४%, साल्ट ट्रेडिङको ८.१६%, आईसीएफसी फाइनान्सको ८.१०%, एनआरएनको ७.९१ प्रतिशतले सेयर मूल्य बढेको छ ।