काठमाडौं । साताको चौथो दिन पनि सेयर बजारमा उछाल आएको छ ।
बुधबार, नेप्से परिसूचक ५४ अंकले बढेर २३६४.६३ अंक विन्दुमा आइपुगेको छ ।
आज ३ करोड २० लाख ९५ हजार कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सिंगटी हाइड्रो इनर्जीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआरएनको २२ करोड ७१ लाख, सोनापुर मिनिरल्स्को २० करोड ३५ लाख, हिमाल दोलखा हाइड्रोपावरको २० करोड २७ लाख, अरुण भ्याली हाइड्रोपावरको १९ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।