काठमाडौं । मंगलबार, नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ५८ लाख ३६ हजार कित्ता सेयर ९ अर्ब १३ करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, सिन्धु विकास बैंक, वरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत, मन्दाकिनी हाइड्रोपावरमा १०% र सिक्लेस हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
सिंगटी हाइड्रो इनर्जीको ९.९७%, रिडी पावरको ९.९७%, अरुण भ्याली हाइड्रोपावरको ९.९५%, इग्वा हाइड्रोपावरको ९.७८ प्रतिशतले सेयर मूल्य बढेको छ ।