९ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा उछाल आएको छ ।

मंगलबार, नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ५८ लाख ३६ हजार कित्ता सेयर ९ अर्ब १३ करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, न्याङदी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनअरएनको १८ करोड २७ लाख, अपी पावरको १७ करोड ९३ लाख, जानकी फाइनान्सको १७ करोड १७ लाख, अरुण भ्याली हाइड्रोपावरको १६ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स