नेप्सेमा एक जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन, भोलि कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । सोमबार नेप्सेले आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य समायोजन गरेको हो ।

जसमा कम्पनीको १५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता २२० रुपैयाँका आधारमा नेप्सेले १५० प्रतिशत हकप्रद वितरणपछिको सेयरमूल्य प्रतिकित्ता १४८ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा भोलि मंगलबारबाट कारोबार हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स