नेप्से ५२ अंकले बढ्दा दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट, अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ ।

आइतबार, नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड २० लाख ४७ हजार कित्ता सेयर ७ अर्ब ६२ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रिडी पावर र मान्डु हाइड्रोपावरकोे १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
जानकी फाइनान्सको ९.९५%, हिमाल दोलखा हाइड्रोपावरको ९.९३%, अरुण भ्याली हाइड्रोपावरको ९.३७%, नेशनल हाइड्रोपावरको ८.८१%, सिटिजन्स म्यूचल फण्डको ८.७१%, उपर स्यांगे हाइड्रोपावरको ८.४९%, समलिङ पावरको ८.२३%, गणपति लघुवित्तको ८.१४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स