काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उछाल आएको छ ।
आइतबार, नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड २० लाख ४७ हजार कित्ता सेयर ७ अर्ब ६२ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जानकी फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआरएनको २४ करोड २७ लाख, ग्लोबल आईएमई बैंक प्रमोटर सेयरको २० करोड ७५ लाख, नेपाल फाइनान्सको १९ करोड १७ लाख, हिमालयन रि इन्स्योरेन्सको १५ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।