७ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड २ लाख ३७ हजार कित्ता सेयर ७ अर्ब ८ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आईएमई प्रमोटर सेयरको १४ करोड ८८ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ७९ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको १२ करोड ६८ लाख, एनआरएनको ११ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स