मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ।

मनकामना स्मार्ट लघुवित्तलाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गरे प्रश्चात असार २४ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएकाले उक्त कम्पनीको कारोबार रोक्का भएको हो।

नेप्सेले दुवै कम्पनीको कारोबार ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ (३) बमोजिम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार असार २४ गतेदेखि लागू हुने गरी रोक्का गरेको जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स