नेप्से २१ अंकले बढ्दा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । आइतबार, नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ अंक विन्दुमा आइपुगेको छ । ।

आज १ करोड ४० लाख १४ हजार कित्ता सेयर ६ अर्ब २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५० वटा कम्पनीको सेयर मूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सीईडीबी हाइड्रोपावरको ५.२५%, नेशनल लघुवित्तको ५.०९%, फवार्ड माइक्रो फाइनान्सको ५.०५%, निफ्राको ५.०३%, केबीएल डिबेन्चरको ५.०२%, एनआरएनको ४.८०%, समाज लघुवित्तको ४.७३%, जानकी फाइनान्सको ४.६६%, थ्री स्टार हाइड्रोपावरको ४.५१%, तारागाँउ रेजेन्सीको ४.०८%, माछापुच्छ्रे बैंकको ४.०१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स