धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको विषयमा सुनुवाई हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति विषयमा आज सर्वोच्च अदालतमा सुनवाई हुँदैछ ।
सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा आज सरकार पक्ष र उजुरी कर्ता दुबैलाई बेलाएर छलफल हुँदैछ ।

यस अघि बोर्ड अध्यक्ष नियुक्तीमा नयाँ प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।
धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिको लागि सरकारले सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले गरेको आवेदन माग अनुसार १९ जनाले आवेदन दिएका थिए । समितिले ५ जनाको संक्षिप्त सूचि चैत अन्तितममा प्रकाशित गरेको थियो ।

तर ५ जनालाई अन्तरवार्तामा बोलाईए पनि सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्रै उपस्थिति भएका थिए ।
दुई पटकसम्म ३ जना अन्तरवार्ता तथा कार्ययोजनाको प्रस्तुतीकरणको लागि आएनन् । त्यसपछि समितिले महान्यायाधिवक्ताको कार्यालयको राय माग गरेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले ३ जना भन्दा कमको नाम सिफारिस गर्न नमिल्ने राय प्रदान गर्यो । त्यसपछि समितिले प्रक्रिया नै रद्द गरेको थियो । त्यस विरुद्ध श्रेष्ठ अदालत पुगेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स