काठमाडौं । बिहीबार, नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ अंक विन्दुमा आइपुगेको छ । ।
आज २ करोड २१ लाख ६७ हजार कित्ता सेयर ६ अर्ब ४८ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, अंखुखोला जलविद्युतको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
समाज लघुवित्तको ९.२३%, आरम्भ चौतारीको ७.३३%, सांग्रिला डेभलपमेन्ट बैंकको ६.४२%, एक्सेल डेभलपमेन्ट बैंकको ६.०१%, हिमालय उर्जा विकास कम्पनीको ५.६९%, एनआरएनको ५.६७%, सिटी होटलको ५.२९%, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.७८%, कामना सेवा विकास बैंकको ४.२२ प्रतिशतले सेयर मूल्य बढेको छ ।