सैदी पावर कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सैदी पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरको १ लाख ७० हजार ४९ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशनका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट सञ्चालक समितीका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ सालदेखि व्यवसायिक विद्युत उत्पादन गरिरहेको छ ।

उक्त आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सबस्टेशनमा जडान गरि बिक्री कार्य भइरहेको छ । आगामी दिनमा अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स