३ कम्पनीमा सर्किट लाग्दा अधिकांश फाइनान्सको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७१ लाख ३४ हजार कित्ता सेयर ५ अर्ब ८ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सेन्ट्रल फाइनान्स, आईसीएफसी फाइनान्समा १०% र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मन्जु श्री फाइनान्सको ९.९६%, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०८%, मैलुङ खोला जलविद्युतको ७.७५%, प्रोगेशिभ फाइनान्सको ७.०१%, जानकी फाइनान्सको ६.९४%, उपकार लघुवित्तको ६.८५%, मितेरी डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स