५ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ अंक विन्दुमा आइपुगेको छ । ।

आज १ करोड ७१ लाख ३४ हजार कित्ता सेयर ५ अर्ब ८ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मन्जु श्री फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, आईसीएफसी फाइनान्सको १७ करोड ४९ लाख, रिलायन्स फाइनान्सको १६ करोड ५२ लाख, सेन्ट्रल फाइनान्सको १३ करोड ५ लाख, जानकी फाइनान्सको १२ करोड ३८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स