नेप्सेमा उछाल आउँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १६ लाख ४५ हजार कित्ता सेयर ४ अर्ब ५७ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, गुडवील फाइनान्सको ११ करोड १० लाख, युनाइटेड आईडीआई मर्दीको १० करोड ६९ लाख, हिमालयन रि इन्स्योरेन्सको १० करोड ५२ लाख, हिमालयन डेष्टिलरीको १० करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स